काठमाडौं । एनएमबी बैंकको गत आर्थिक वर्षमा तीन अर्ब २२ करोड रुपैयाँ खुद नाफा गरेको जनाएको छ । बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न २८औँ वार्षिक साधारण सभाका क्रममा बैंकले सो जानकारी दिएको हो ।
२०८० असारसम्ममा बैंकको निक्षेप २ खर्ब १३ अर्ब ४ करोड र कर्जा रु.१ खर्ब ९७ अर्ब ४७ करोड रहेको बैंकले जनाएको छ । बैंकका निवर्तमान सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा सम्पन्न साधारण सभामा बैंकका सञ्चालक र शेयरधनीहरूको उपस्थिती रहेको थियो ।
साधारण सभामा बैंकका शेयरधनीहरुले आ-आफ्नो विचार समेत ब्यक्त गरेका थिए । उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम बमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल सञ्चालक समिति सदस्य निर्वाचित भएका छन् ।
यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समूहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् । एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको व्यहोरा समेत सभामा जानकारी गराईएको थियो ।
बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिकृया दिनुहॊस