एनआईसी एसिया बैंकले पनि घटायो ब्याजदर, कुनमा कति?

काठमाडौं । एनआईसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदरको सूचना प्रकाशित गरेको हो ।

बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ । माघ महिनादेखि एनआईसी बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ब्याजदर ८ दशमलव ०६५ प्रतिशतमा दिने जनाएको छ । पुस महिनामा व्यक्तिगत निक्षेप तर्फ बैंकले ८ दशमलव ६७ प्रतिशत ब्याज दिँदै आएको छ ।

त्यसैगरी, संस्थागत निक्षेपमा बैंकको आगामी माघमा अधिकतम ब्याजदर ६ दशमलव ०६५ प्रतिशत दिनेछ । पुस महिनामा यस्तो ब्याजदर ६ दशमलव ६७ प्रतिशत छ । बैंकहरुले पछिल्लो समय निरन्तर ब्याजदर घटाइरहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री