त्रिभुवन विमानस्थलबाट १ किलो ३०० ग्राम सुन बरामद

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम सुन बरामद भएको छ ।

शनिवार फ्लाई दुबईबाट आएकी एकजना यात्रुको साथमा उक्त परिमाणको सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए । पक्राउ पर्नेमा श्रीलंकन नागरिक कन्थीमाथी काभास्कार रहेको पाइएको छ ।

ती श्रीलंकन महिला दुबईबाट सुन लिएर राति १२ः५ बजे विमानस्थल आइपुगेको र १ बजे पक्राउ परेको डीआईजी ठकुरीले बताए । ती महिलाले सुन आफ्ना भित्री बस्त्रमा लुकाएर ल्याएको पाइएको छ । उनले ब्रा र कट्टुमा सुन लुकाएर ल्याएकी थिइन् ।

घटनाबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघ चुनाव : प्रकाशित सदस्यता नामावलीप्रति ५२ शाखा अध्यक्षको आपत्ति

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रकाशित सदस्यता नामावलीप्रति ५२ वटा जिल्ला शाखाका अध्यक्षहरूले आपत्ति जनाएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रकाशित नामावलीप्रति आपत्ति जनाउका हुन् ।

प्रतिकृया दिनुहॊस