प्रभु इन्स्योरेन्सको सीईओमा फेरि बज्राचार्य नियुक्त

काठमाडाैं । प्रभु इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्चित बज्राचार्य पुनः नियुक्त भएका छन् । २०८० माघ १ गतेदेखि लागु हुने गरी ४ वर्षको लागि कम्पनीको पुनः उनलाई सीईओमा नियुक्त गरेको हो ।

बज्राचार्य यसअघि पनि सोही कम्पनीका कार्यकारी प्रमुख रहेका थिए। तर नयाँ बीमा ऐन जारी भएपछि प्रभु इन्स्योरेन्समा यो उनको पहिलो नियुक्त हो । बज्राचार्यसँग बीमा क्षेत्रकोे करिब दुई दशकको कार्यानुभव छ ।

त्यसअघि उनी विभिन्न सरकारी तथा गैरसरकारी संघ/संस्थाहरुमा १० वर्षभन्दा बढीको कार्यानुभव लिएका थिए । बज्राचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । बीमा तथा अर्थजगतका कुशल व्यवस्थापकका रूपमा परिचित छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनस दर, प्रतिहजार ६० रुपैयाँसम्म

काठमाडाैं । राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ । नेपाल बीमा प्राधिकरणले …

प्रतिकृया दिनुहॊस