राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनमा मिल्यो सीट बाँडफाँट, कुन दललाई कति ?

काठमाडौं । राष्ट्रिय सभाको १९ सिटमा सत्ता गठबन्धनमा सिट बाँडफाँट भएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट टुंग्याएको हो ।

बैठकमा सहभागी नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखककाअनुसार १९ सिटमध्ये १० मा नेपाली काँग्रेस, ६ मा नेकपा माओवादी केन्द्र, २ मा एकीकृत समाजवादी र एउटा जनता समाजवादी पार्टी, नेपालले उम्मेदवारी दिनेगरी टुंगो लागेको हो ।

लेखकले भने, ‘राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सहयोगमा समर्थन गर्ने दलहरुका बीचमा संयुक्त रुपले उम्मेदवारी दिने विषय टुंगो लाग्यो । जम्मा १९ वटा पदका लागि १० वटा स्थानमा नेपाली काँग्रेसले, ६ वटा माओवादी केन्द्र, २ वटा एकीकृत समाजवादी र एउटा जनता समाजवादी पार्टी, नेपालले उम्मेदवारी दिनेगरी टुंगो लागेको छ । तदनुरुप अहिलेको गठबन्धनले उम्मेदवारी दिनेछ । आफ्नो आफ्नो पार्टीमा बसेर अब छलफल गर्छौं र क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको छ, एक दुई ठाउँमा छलफल गरेर टुंगो लाग्नेछ ।’

प्रमुख सचेतक लेखकले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको र बाँकी रहेका स्थानमा पार्टीमा छलफल गरेर टुंगो लगाउने बताए ।

राष्ट्रिय सभामा आगामी फागुन २० गते राष्ट्रपतिबाट मनोनीत एक जनासहित २० जनाको पदावधि सकिँदैछ । जसमा एमालेबाट सबैभन्दा बढी आठ जना, कांग्रेसबाट चार जना, माओवादी केन्द्रबाट तीन जना, एकीकृत समाजवादीबाट दुई जना, जनता समाजवादी पार्टी (जसपा)बाट एक जना स्वतन्त्र एक जना मनोनीत (एमाले) एक जना रिक्त हुँदैछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फैसलाको पूर्णपाठ प्राप्त भएपछि अदालतमा उपस्थित हुनेछु : दीपक मनाङ्गे

काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ ‘दिपक मनाङ्गे’ ले आफूविरुद्ध मुद्दाको पूर्णपाठ आएपछि …

प्रतिकृया दिनुहॊस