बालकुमारीको प्रदर्शनमा मृत्यु हुनेको संख्या दुई पुग्यो

काठमाडौं – ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा घाइते भएका अर्का एक युवकको पनि मृत्यु भएको छ । गम्भीर घाइते भएर उपचारका लागि अस्पताल पुर्‍याइएका वीरेन्द्र शाहको पनि मृत्यु भएको हो ।

यसअघि प्रदर्शनको क्रममा २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षामा फारम नै भर्न नपाएको भन्दै युवाहरुले शुक्रबार बिहान प्रदर्शन गरेका थिए । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्याँस हानेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर समेत गरेको थियो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस