अमेरिका पठाइदिन्छु भन्दै ३० लाख ठग्ने पार्वती पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौंकाे सामाखुसी बस्ने ४६ वर्षीय पार्वती थापा रहेकी छिन् ।

थापाले हेमराज रेग्मीलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु त्यसको लागि ३० लाख रुपैयाँ लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक ३ लाख ५० हजार रुपैयाँ भन्दा बढी तलब हुन्छ भनी प्रलोभनमा पारी १४ लाख ९० हजार रुपैयाँ लिई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिहीबार सामाखुसीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

थप दुई सचिवको सरुवा

काठमाडौँ । सरकारले थप दुई सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति कार्यालयका …

प्रतिकृया दिनुहॊस