आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ र एजुकेशन पार्कबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार आईईएलटीएस र पीटीईको तयारी कक्षामा ५० प्रतिशत छुट हुनेछ ।

सम्झौताअनुसार सिभिल मल काठमाडौंको आठौं तलामा रहेको एजुकेसन पार्कमा आईईएलटीएस र पीटीईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पे मार्फत शुल्क भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् । यही पुस ६ गतेबाट लागू भएको यो योजना आगामी तीन महिनासम्म चल्ने छ ।

सम्झौतापछि आईईएलटीएस र पीटीईको कक्षा लिन चाहने विद्यार्थीहरूलाई अझ सहज हुने दुवै कम्पनीले विश्वास लिएका छन् । योजनाको अवधि ३ महिनाको भए पनि पहिला कक्षा बुक गर्ने विद्यार्थीहरूले आफ्नो समय अनुसारको कक्षाको छनोट गर्न सक्नेछन् ।​

आईईएलटीएस र पीटीईका दुवै कक्षा अनलाइनमार्फत समेत लिन सकिने व्यवस्था गरिएको एजुकेसन पार्कले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा युएईमा साङ्गीतिक कार्यक्रम आयोजना (फोटो फिचरसहित)

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईस्थित बरदुबईको एस के–७ क्लबमा “उत्सव र उमङ्ग, सिटी …

प्रतिकृया दिनुहॊस