रोयल इन्फिल्डका मिटिओरका ३ भेरियन्ट पुनः नेपालमा, मूल्य कति ?

काठमाडाैं । रोयल इन्फिल्ड मिटिओर ३५० सीसीको ३ नयाँ मोटरसाइकल पुनः सार्वजनिक गरेको छ। रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले आकर्षक मूल्यमा मोटरसाइकल सार्वजनिक गरेको हो।

नक्सालमा रहेको रोयल इन्फिल्डको शोरुपमा त्रिवेणी ग्रुपका निर्देशक सुवास चन्द्र संघाई र रोयल इन्फिल्डका प्रतिनिधी नेपाल बजार प्रमुख अभिषेक शुक्लाले मिटोओरका फायरबल, स्टेलिर र सुपेरनोभा सार्वजनिक गरे। ३४९ सीसी सिंगल सिलिन्डर रहेको मेटिओर मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको छ। फ्युल इन्जेक्टेड फोर, स्ट्रोक, एयर–ओयल कुल्ड, इलेक्ट्रोनिक फिउल इन्जेक्सन रहेको छ।

मोटरसाइकलले अधिकतम ६१ सय आरपीएममा २०.२ ब्रेकहर्ष पावर र ४ हजार आरपीएममा २७ एनएम टर्क जेनेरेट गर्छ। बाइकमा डुअल डिस्कब्रेक दिइएको छ। यी सबै मोटरसाइकलहरुमा १५ लिटरको फिउल ट्यांक क्षमता रहेको छ। प्रतिलिटर औसत ४० किमी माइलेज दिने कम्पनीले दाबी गरेको छ।

इजी क्रुजिइग डिजाइनमा रहेको मोटरसाइकलमा १४ सय एमए ह्वीलबेस, ७६५ एमएम सिटको उचाई, ट्विन डाउनटुव स्पाइन फ्रेम रहेको छ। मिटिओर फायरबल पहेंलो, रातो, निलो, म्याट हरियो रंगमा उपलब्ध रहेका छन्। यसको मूल्य ५ लाख ५० हजार रहेको छ।

स्टिलर कालो, निलो र रातो रंगमा उपलब्ध छन्। कम्पनीले यसको मूल्य ५ लाख ५५ हजार रुपैयाँ तोकेको छ। सुपरनोभा खैरो, निलो र रातो रंगमा उपलब्ध रहेका छन्। कम्पनीले बाइक सार्वजनिक सँगै बुकिङ समेत खुल्ला गरेको छ। सुपरनोभाको मूल्य ५ लाख ६५ हजार रहेको छ।

३ वटै भेरियन्टका मोटरसाइकल १८ वटै शोरुमबाट बुकिङ खुल्ला गरिएको जनाएको छ। मिटिओर ३५० ले बीबीसी टोप गियर मोटरसाइकल अफ द इयर अवार्ड समेत पाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजार आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ घटेको …

प्रतिकृया दिनुहॊस