डोल्पामा भिरालो बाटोबाट खसेर एक जनाको मृत्यु

काठमाडाैँ । डोल्पामा लडेर एक जनाको मृत्यु भएको छ।

दुनै सदरमुकामदेखि नजिकै रहेको तिप्ला गाउँमा गएराति करिब साढे ८ बजे भिरालो बाटोबाट खसेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी शिव बुढाथोकीले जानकारी दिए।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ स्थायी घर भई डोल्पाको सदरमुकाममा बस्दै आएका २८ वर्षीय काबिर अन्सारीको मृत्यु भएको बुढाथोकीले बताए। अन्सारी दुनै र आसपासका गाउँघरमा सिकर्मीको काम गर्दै आएको प्रारम्भिक अनुसन्धानमा थाहा भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेसले तोक्यो ३७ वटा विभाग प्रमुख

काठमाडौं । नेपाली कांग्रेसले ३७ वटा विभाग प्रमुख तोकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले …

प्रतिकृया दिनुहॊस