सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिक साधारण सभा अइतबार सम्पन्न गरेको छ ।

सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३,२६,७५,९१,७१६.७१ को ५ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.२६३ प्रतिशतले हुन आउने रकम पचासी लाख अन्ठानब्बे हजार नौ सय पच्चीस र पैसा सन्ताउन्न नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

साथै आ.व. ०७९/८० को वित्तीय विवरण पारित गरी १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । हाल बैंकले देशभर ११२ शाखा कार्यालय र ३० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकका ग्राहकलाई भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पर्साको वीरगंजस्थित भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरबीच बैंकका …

प्रतिकृया दिनुहॊस