एनआईसी एसिया बैँकले घटायो ब्याजदर, कुन खातामा कति ?

काठमाडौं । एनआईसी एसिया बैँकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैँकले पुस १ गतेदेखि नै लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो।

बैँकले मंसिरको तुलनामा पुसमा बैँकले ब्याजदर घटाइएको जनाएको छ। बैँकले व्यक्तिगत मुद्दति निक्षेपमा मंसिर महिनामा अधिकतम ८ दशमलव ९७ प्रतिशत ब्याज दिंदै आएको थियो। पुसमा त्यसलाई घटाएर ८ दशमलव ६७ प्रतिशत ब्याज दिने बैँकले जनाएको छ।

मुद्दतिमा न्यूनतम ७ प्रतिशतसम्म ब्याज दिने बैँकले जनाएको छ। बैंकले संस्थागत मुद्दति निक्षेपमा ५ दशमलव ५० देखि ६ दशमलव ६७० प्रतिशतसम्म ब्याज दिने जनाइएको छ। बैंकले बचतमा ४ दशमलव ४५ प्रतिशत ब्याज दिने जनाएको छ।

बैँकले पछिल्लो आधारदर १० दशमलव ७० प्रतिशत रहेको छ। बैँकबाट कर्जा लिँदा आधारदरमा अधिकतम ३ प्रतिशत प्रिमिमय थपेर १३ दशमलव ७० प्रतिशतमा कर्जा दिइने बैँकले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकका ग्राहकलाई भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पर्साको वीरगंजस्थित भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरबीच बैंकका …

प्रतिकृया दिनुहॊस