ज्योति विकास बैंकको सीईओ बने कपिल ढकाल

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले सीईओमा ढकाल नियुक्त गर्ने निर्णय गरेको हो ।

माघ ३ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले तत्कालीन सीईओ श्रीचन्द्र भट्टले दिएको राजीनामा स्वीकृत गर्दै ढकाललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । उनै ढकालले कामु सीईओको जिम्मेवारी सम्मालेको दुई सातापछि सीईओको जिम्मेवारी पाएका हन् ।

यसअघि ढकाल हाम्रो विकास बैंकको सीईओ थिए । हाम्रो विकास बैंक ज्योति विकास बैंकमा मर्ज भएको थियो । ढकालले बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट ढकालसँग डिलोइट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया र एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This will auto close after