काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । कीर्तिमानी मूल्य कायम गर्दै लगातार दुई दिन (मंगलरबार र बुधबार) घटेको सुनको मूल्य आज बढेको हो ।
बुधबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईंको प्रतिकृया




