इन्डियन आर्मीलाई हराउँदै मनाङले जित्यो गभनर्स गोल्डकपको उपाधि

काठमाडाैं । इन्डियन आर्मीलाई हराउँदै काठमाडौंको मनाङ मस्याङ्दी क्लबले भारतको सिक्किममा सम्पन्न गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पाल्जोर रंगशालामा शनिबार भएको फाइनलमा इन्डियन रेड आर्मीलाई १–० ले हराउँदै मनाङले उपाधि जितेको हो ।

मनाङको जितमा सुजल श्रेष्ठले निर्णायक गोल गरे । खेलको ८१ औं मिनेटमा सुजलले गरेको गोल नै निर्णायक भएपछि मनाङले उपाधि जितेको हो । बाई पाएर सोझै क्वार्टरफाइनल खेलको मनाङले पहिलो खेलमा कोलकाता कस्टम्सलाई ४–२ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

मनाङ कोलकाता एटिकेलाई ६–२ को फराकिलो अन्तरले हराउँदै उपाधि नजिक पुगेको थियो । उपाधिसँगै मनाङले नगद २ लाख भारतीय रूपैयाँ र ट्रफी पाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस