सौर्य सिमेन्टद्वारा क्लिंकर निर्यात सुरु

काठमाडौं । सौर्य सिमेन्ट इण्डष्ट्रिजले आफ्नो क्लिंकर उत्पादन छिमेकी मुलुक भारततर्फ निर्यात सुरु गरेको छ । उद्योग परिसरमा पहिलो निर्यातअन्तर्गत मंसिर १६ गतेदेखि औपचारिक कार्यक्रमबीच सौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काले संयुक्तरूपमा क्लिंकर निर्यातको शुभारम्भ गर्नुभएको हो ।

माघ २०७८ बाट व्यावसायिक उत्पादन सुरु गरेको उद्योगको क्षमता तीन हजार मेट्रिकटन क्षमता रहेको छ । व्यावसायिक घराना शंकर गु्रप, गोल्छा ग्रुप तथा अम्बे गु्रपको संयुक्त लगानीमा सिरहाको मिर्चैयास्थित उद्योगले ओपिसी (५३ ग्रेड, ४३ ग्रेड) र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता गरेमा विना धितो ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१ /०८२ मा श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता …

प्रतिकृया दिनुहॊस