रियलमी विजेताले पाए स्कुटर र टिभी

काठमाडौं । रियलमीले ‘दशैँ तिहार उमंग : उपहारले सबै दंग’ क्याम्पेनका विजेता घोषणा गरेको छ । क्याम्पेनको बम्पर उपहारमा टिभिएस एनटर्क स्कुटर, वासिङ मेसिन, रियलमी जिटी प्रो २ र टिभी सेट रहेका थिए । न्यु रामेश्वरम् सप्लायर्सबाट विनिता चौधरीले टिभिएस एनटर्क स्कुटर र भरत ट्रेड प्रालिबाट प्रकाश अधिकारीले बम्पर पुरस्कारका रूपमा रियलमी जिटी २ प्रो स्मार्टफोन जित्न सफल हुनुभएको छ ।

त्यसैगरी एसबी भिजनबाट बाबुराम बस्नेतले सात केजीको कोनका अटो वासिङ मेसिन र ओम मोबाइल सेल्स सेन्टरबाट मनिषा महासेठ ५५ इन्चको फोर कोनका टिभी जित्न सफल हुनुभएको छ ।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भन्नुभयो, ‘दैनिक, साप्ताहिक र बम्पर पुरस्कारका सबै विजेतालाई हामी हार्दिक बधाई दिन चाहन्छौँ । प्रविधि र नवप्रवर्तनमा रियलमीले निरन्तर नेतृत्व गरिरहेको छ, जसका लागि हामीलाई ग्राहकले माया र साथ दिनुभएको छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको मूल्य घटेको …

प्रतिकृया दिनुहॊस