वेस्टर्न युनियन मनी ट्रान्सफरको दसैं योजनाको विजेता सार्वजनिक

काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरूले आफ्नो दसैं लक्षित ‘दसैंमा १० गुणा’ अभियानको विजेताको नाम सार्वजनिक गरेका छन्।

उक्त अभियान विजेता होमा देवि पाण्डे भएकी छिन्। वेस्टर्न युनियनका सुपर एजेन्टहरू, एटिटी रेमिट, सिजी फिन्को, डिजिटेक, हुलास रेमिटेन्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरूकाबीच काठमाडौंमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो।

उनले बम्पर लक्की ड्र मार्फत प्राप्त कारोबार रकमको दश गुणा रकम जितेकी हुन्। नेपालमा २७ वर्षभन्दा बढी समयदेखि रेमिटेन्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दसैं, तिहार र छठलाई लक्षित गरी ‘दसैंमा १० गुणा’ अभियान सुरू गरेको थियो।

बम्परमा प्राप्त रकमको १० गुणा बाहेक, आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरूले कारोबार रकमको दुई गुणा जित्ने मौका पनि प्राप्त गरेका थिए। नेपालकै पहिलो रेमिटेन्स सेवा प्रदायक वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरूलाई सन् १९९६ देखि विश्वका २०० भन्दा बढी देश र क्षेत्रहरूबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सफल : १० लाखभन्दा बढी सहभागी

काठमाडौँ । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले आफ्नो करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट …

प्रतिकृया दिनुहॊस