हिमालयन डिस्टिलरीको लाभांश घोषणा

काठमाडौं ।  हिमालयन डिस्टिलरीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरूलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

गत वर्ष कम्पनीले ६० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गरेको थियो। गत वर्षको तुलनामा कम्पनीको लाभांश दर घटेको छ।

यस्तै, कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २५ गते वार्षिक साधारण सभा समेत बोलाएको छ। सभा वीरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १०:३० बजे सुरू हुनेछ।

सभाका लागि हिमालयनले पुस १३ गते बुक क्लोज गर्ने भएको छ। पुस १२ गतेसम्मका कायम सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश पाउनेछन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

किङ्लोङको नयाँ शो रुम पानीपोखरीमा

काठमाडौं । इलेक्ट्रिक कमर्सियल भेहिकल, किङ्गलोङको नयाँ शो रुम काठमाडौँको पानीपोखरीमा उद्घाटन गरिएको छ। १४, …

प्रतिकृया दिनुहॊस