मलेसिया पुगेका रविले भने- हामी पुराना पार्टीहरू जस्तो हुँदै होइनौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना पार्टीहरु भन्दा आफ्नो पार्टी फरक रहेको दावी गरेका छन् । मलेसिया भ्रमणमा गएका उनले त्यहाँका नेपाली समुदायलाई आज (आइतबार) सम्बोधन गर्दै रास्वपाका सांसदहरुले नै संसदको गरिमा जोगाइरहेको दाबी गरे ।

रास्वपाले आफ्नो विधान समेत मिचेर पदाधिकारीहरु मनोनयन गरेको विषयमा चर्को आलोचना भएको थियो । रविले आवश्यकताका आधारमा विधान संशोधन गरिएको भन्दै उनले पार्टी निर्णयको बचाउ गरेका छन् ।

उनले भने, ‘हिजो सुरुवातका दिनमा थोरै साथीहरु बसेर विधानलाई लिपिबद्ध गरेका हौं । यसमा सबै कुरा समेट्न गाह्रो थियो । अब टीमलाई फराकिलो बनाएर कामको बाँडफाँट गरेर लैजानु पर्नेछ । आवश्यक सुधार र संशोधन आवश्यक पर्छ । जुन दिन जिम्मेवारी पूरा गर्दैनन्, म ४८ घण्टा वा २४ घण्टा होइन, १२ घण्टा पनि पर्खिन सक्दिनँ । एक घण्टाभित्र कारबाही गर्छु ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस