राष्ट्रिय सभा चुनाव : उम्मेदवारी दर्ता पुस २३ गते, ११ माघमा निर्वाचन

काठमाडौँ । माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत भएको छ ।

स्वीकृत निर्वाचन कार्यक्रम अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका मतदाता नामावली २०८० पुष २० गते निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशित गरिनेछ ।

प्रकाशित मतदाता नामावली उपर दाबी विरोध लगायतका कार्यहरू सोही दिनबाट प्रारम्भ भई पुष २२ गते सम्पन्न हुने र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले मतदाता नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुने जनाएको छ ।

निर्वाचन आयोगले पुष २३ गते उम्मेदवारको मनोनयन दर्ता बिहान १०ः०० बजेदेखि अपराह्न १५ः०० बजेसम्म हुने जनाएको छ ।

मनोनयन दर्ता पश्चात् उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुष २४ गते हुनेछ । मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुष २६ गते प्रकाशन हुनेछ ।

उम्मेदवारले नाम फिर्ता लिने कार्य पुष २७ गते सम्पन्न भए पश्चात् उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य सोही दिन १४ः०० बजे सम्पन्न हुनेछ ।

उम्मेदवारलाई निर्वाचन चिन्ह पुष २८ गते १० बजेदेखि १ बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको छ । मतदान कार्य मिति २०८० माघ १० र ११ गते ९ बजेदेखि ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुने जनाएको छ ।

मतदान कार्य सम्पन्न भएपछि सोही दिनै मतगणना कार्य हुनेछ ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा ३० मा भएको व्यवस्था अनुसार सोही दफाहरूको उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने जानकारी दिएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस