;Dd]ngdf ;xefuL x'g !@ lhNnfaf6 cfPsf ;xefuL . tl:a/M

जेलमा रहेका बालकृष्ण खाणलाई लुम्बिनी कांग्रेसको सम्मान

काठमाडाैँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउन संलग्न रहेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका बालकृष्ण खाणलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले सम्मान गरेको छ । पहिलो प्रदेश सम्मेलनका अवसरमा शनिबार बुटवलमा आयोजित कार्यक्रममा पार्टी नेता खाणलाई कांग्रेसले सम्मान गरेको हो ।

सम्मेलनका प्रमुख अतिथि सभापति शेरबहादुर देउवाले बालकृष्णको सम्मानपत्र उनका भाइसमेत रहेका रूपन्देही कांग्रेस सभापति रामकृष्ण खाणलाई हस्तान्तरण गरेका थिए । ‘राजनीतिक र आर्थिक रूपमा पहिले जहिल्यै पनि अभिभावकत्व गर्ने दाजु हाम्रा सामु यहाँ हुनुहुन्न । बालकृष्ण खाणज्यू, उहाँको सम्मानपत्र ग्रहण गरिदिन उहाँका भाइ एवं यस जिल्लाका पार्टी सभापति रामकृष्ण खाणजीलाई सम्मानपत्र ग्रहण गरिदिन अनुरोध गर्दछु,’ सम्मेलनमा उद्घोषकले भनेका थिए ।

सभापति देउवाको हातबाट बालकृष्णको सम्मानपत्र उनका भाइ रामकृष्णले ग्रहण गरेका थिए । पूर्व गृहमन्त्रीसमेत रहेका बालकृष्ण कांग्रेस केन्द्रीय सदस्य छन् । नेपालीलाई भुटानी शरणार्थी बनाउन संलग्न रहेको आरोपमा प्रहरीले गत वैशाख २७ गते निवासबाटै उनलाई पक्राउ गरेको थियो ।

खाणमाथि गम्भीर अभियोग लागेकोले केन्द्रीय सदस्यबाट हटाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले माग गरे पनि सभापति देउवाले अदालतबाट अभियोग पुष्टि भइनसकेको भन्दै कुनै निर्णय गरेका छैनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस