एभरेष्ट बैंकद्वारा डिजिटल लिटरेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ भिडियो सार्वजनिक

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले डिजिटल लिटरेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरू निर्माण गरेको छ ।

आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरूक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरूको ५ शृङ्खला रहेको र क्रमबद्ध रुपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख श्री पुष्प राज उप्रेतीले जानकारी दिए ।

उक्त भिडियोहरूमा मोबाइल बैंकिङ्गको प्रयोग, धारा–बत्ती तथा स्कूलकोबिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजश्व भुक्तानी तरिका र क्यू आर कोडको प्रयोग सम्बन्धी विधि रहेको र उक्त भिडियोहरूबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूमा वित्तीय चेतना अभिवृद्धि हुनेविश्वास बैंकलेलिएको छ ।

साथै, बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युट (NBI) सँगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता (Financial Literacy) कार्यक्रमको सुरुवात भएको जानकारी समेत गराएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रभु बैँक र मुस्ताङका विभिन्न होटल तथा रेष्टुरेन्ट बीच छुट सम्झौता

काठमाडौँ । प्रभु बैँकका कर्मचारीहरू तथा ग्राहकहरुलाई मुस्ताङमा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने …

प्रतिकृया दिनुहॊस