कांग्रेसको अभियान : एक हजार अस्थायी ‘घर-टहरा’ निर्माणकार्य अन्तिम चरणमा

रुकुम पश्चिम । जाजरकोट भूकम्पबाट प्रभावित बस्तीहरुमा एक हजार अस्थायी आवास ‘घर-टहरा’ निर्माण अभियानमा योगदान गर्ने नेपाली कांग्रेसको निर्णय अनुसार रुकुम (पश्चिम) को सानो भेरी गाउँपालिका-४ पुरानो गाउँमा गौनी विको घरबाट शुरुवात गरी ३ स्थानमा अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइकाे छ।

यो अभियानमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय मानबहादुर नेपाली र गुरु बराल, नेपाली कांग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाय, रुकुम (पश्चिम) का सभापति प्रेमप्रकाश ओली, युवा नेता शिव आचार्य लगायतका नेता तथा पार्टी सदस्यहरु संलग्न रहेका छन्। विपदको क्षणमा पार्टीका कार्यकर्ताले गरेको सहयोगप्रति नेपाली कांग्रेसले प्रसंसा गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री