पूर्ण स्तनपान प्रवर्द्धनका लागि आमा समूहलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण (तस्बिरहरूसहित)

काठमाडौँ । पूर्ण स्तनपान प्रवर्द्धनका लागि आमा समूहलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । टोखा नगरपालिकासँग समन्वयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयोजना गरेको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो ।

आमा र बच्चाको स्वास्थ्य सुधार गर्ने तथा कुपोषणजन्य रोगबाट बचाउने विषयमा जनचेतना जगाउने, स्तनपानको महत्त्व बारे जनचेतनामूलक स्वास्थ्य शिक्षा प्रदान गर्ने तथा मातृ शिशु मृत्युदर घटाउने उद्देश्यले कार्यक्रम गरिएको हो ।

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवाहरूको बारेमा जानकारी प्रदान गरिनुका साथै स्वस्थ जीवनशैली अन्तर्गत शरीरलाई हित गर्ने आहार विहारको विषयमा समेत चर्चा गरिएको थियो । कार्यक्रममा मुख्यतया स्तनपानको तरिका, महत्त्व, बच्चालाई आमाको दूधबाट प्राप्त हुने पोषणको बारेमा आमा समूहलाई जानकारी दिइएको हो ।

यसै सम्बन्धमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट स्तनपायी आमाहरुकालागि प्रदान गरिने सेवाहरूको विषयमा समेत चर्चा गरिएको बताइएको छ । पूर्ण स्तनपान प्रवर्द्धनका लागि जिल्ला आयुर्वेद काठमाडौँबाट ६ महिना सम्मका सुत्केरी आमाहरूका लागि निःशुल्क औषधि वितरण गरिनुका साथै सो सम्बन्धमा परामर्श समेत दिइन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस