पिज्जा हटको थिन क्रस्ट पिज्जा

काठमाडौं । पिज्जा ब्राण्डले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ, जसले पिज्जा हटको मेनुमा नौलो स्वाद ल्याएको छ । मात्र चार सय ९९ रुपैयाँबाट सुरु हुने पिज्जा हटको हृयाण्डक्राफ्टेड थिन क्रस्ट पिज्जा नेपालभरका ग्राहकका लागि पिज्जाको एक अतुलनीय अनुभव दिन तयार रहेको कम्पनीको भनाइ छ । पिज्जा उत्साहीहरूको हृयाण्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई मध्यनजर गर्दै पिज्जा हट नेपालले नेपालका लागि विशेषरूपमा थिन क्रस्ट पिज्जा तयार गरेको हो, जुन १२ विभिन्न टोपिङमा उपलब्ध छन् ।

कम्पनीका अनुसार ग्राहक डाइन-इनवा टेक-अवेका लागि आफ्नो नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्नेछन् भने भोज, फुडमाण्डु, पठाओजस्ता एग्रिगेटरद्वारा डेलिभरीका लागि अर्डर पनि गर्न सक्नेछन् । पिज्जा हट नेपालले उत्कृष्ट गुणस्तर र स्वाद सुनिश्चित गर्न सबै खाद्य तयारीमा ताजा र उच्च गुणस्तरका सामग्री प्रयोग गर्ने गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज …

प्रतिकृया दिनुहॊस