पाठशाला नेपालको ‘पाठशाला फेस्ट २०८०’ सम्पन्न (भिडिओ)

काठमाडौं । पाठशाला नेपाल फाउण्डेसनको पाठशाला फेस्ट-२०८० सम्पन्न भएको छ । विद्यार्थीहरूका सीपको प्रस्फुटन साथै सृजनशील बनाउने उद्देश्यले फेस्ट-२०८० आयोजना गरिएको हो ।

फेस्टमा विभिन्न स्टलहरू प्रदर्शन गरिएको थियो भने शैक्षिक मेलामा खानेकुरा, विद्यार्थीहरूले बनाएका इनोभेसन, बौद्धिक खेलहरू पनि खेलाइएको थियो । विद्यार्थीको शैक्षिक गतिविधिमा सहयोग हुने र रमाइला र ज्ञानवर्धक खेलहरू खेलाइएको हो ।

पाठशालामा जीवन सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण ज्ञान, सिप र अनुभव नै शिक्षा हो भन्ने तथ्य अनुरूप अध्ययन गर्ने विद्यार्थीहरूलाई सङ्गीत, आर्ट, माटाको भाँडा निर्माण कला, कागजकला,कवितावाचन, गीतगायन, अभिनय, वक्तृत्वकला, सामान्य ज्ञान, नाटक, पुस्तक समीक्षा जस्ता दर्जनौँ गतिविधिहरूका माध्यमबाट सर्वाङ्गीण विकासको लक्ष्यप्राप्त गरिन्छ ।

सकारात्मक सोच, मानवता र सृजनशीलता पाठशालाका प्राण हुन् । यहाँ शैक्षिक क्षेत्रमा लामो अनुभव र ज्ञान हासिल गरेका शिक्षक शिक्षिका मार्फत अध्ययन गराइन्छ र विद्यार्थीहरूलाई आफ्नो परिवार, समाज र राष्ट्रलाई माया गर्न सिकाइन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विदेशमा पढ्नेहरुले लगे झण्डै एक खर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा अर्थात् चैत मसान्तसम्म नेपालबाट विदेश पढ्न जाने नाममा …

प्रतिकृया दिनुहॊस