युवतीहरू झिकाएर केटासँग पठाउने गरेको आरोपमा दुई पक्राउ

काठमाडौँ । मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा इटहरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शनिबार २१ वर्षीया निशा कार्कीसहित इटहरी-९ बस्ने कृष्णहरी घिमिरेलाई पक्राउ गरिएको हो ।

उनीहरूले इटहरीबाहिरबाट युवतीहरू झिकाएर यौन धन्दामा संलग्न गराउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उमेर हेरेर ५ हजारदेखि १० हजार रुपैयाँसम्मको मोलमोलाइ हुने गरेको प्रहरीको भनाई छ । इटहरी प्रहरी प्रमुख डीएसपी टेकबहादुर कार्कीका अनुसार इटहरी-६ कि निशा कार्कीले फोनमार्फत दुईजना युवती झिकाएर केटासँग पठाउन खोजेपछि शंका लागेर उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।

दुवै जनालाई एक रातको १० हजार रुपैयाँका दरले निश्चित गरिसकेको बताएपछि उनीहरूले प्रहरीमा खबर गरेका थिए । दुवै किशोरीलाई काम लगाइदिन्छु भन्दै बाहिरबाट बोलाएको र यौन धन्दामा लगाउन खोजिएको अनुसन्धानबाट देखिएको डीएसपी कार्कीले बताए । पक्राउ परेका कार्की र घिमिरेलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

यस्तै नागरिकतासमेत फर्जी बनाएर एक व्यक्तिको जग्गा अर्को व्यक्तिलाई बिक्री गर्ने गिरोहमध्येका एक जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी राजविराज घर भई इटहरी-४ संगीत चोक बस्दै आएका २९ वर्षीय दिनेशकुमार देव रहेको डीएसपी कार्कीले बताए । उनीलगायतको गिरोहले सुनसरी बराहक्षेत्र-३ स्थित भरौलमा रहेको कित्ता नम्बर ६६९४ को.ज.बि १.१६.११.० क्षेत्रफल सोही ठाउँको कि.नं ७५० को.ज.बि १.०९.१५.५० क्षेत्रफलको जग्गाको धनीपुर्जा फर्जी बनाई बिक्री गरेको उनले बताए ।

बिक्री गरेर टोकन बैनासमेत लिएको अवस्थामा पीडित जग्गाधनी सञ्जीव खनालले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहारीले जनाएको छ । पक्राउ परेका देवलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको कार्कीले बताए । यो काम देव एक्लैले गर्न नसक्ने भन्दै अन्य गिरोहको पनि संलग्न रहेको हुनसक्ने प्रहरीले शंका गरेको छ । पक्राउ परेकाबाट बयान लिने कार्य भइरहेकाले थप व्यक्तिको खुलासा हुने प्रहारीले अनुमान गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित !

काठमाडौंं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका …

प्रतिकृया दिनुहॊस