सम्पर्कमा छैनन् दुई हवलदारसहित २६ प्रहरी

काठमाडौँ । सम्पर्कमा नरहेका २६ जना प्रहरीलाई सात दिनभित्र कार्यालयमा सम्पर्क गर्न नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले अनुरोध गरेको छ । कार्यालय आज सूचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन अल्टिमेटम दिएको हो ।

प्रहरी नियमावली २०७१ को नियम ११५ को (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको सूचनामा उल्लेख छ । सात दिनभित्र आफू गैर हाजिर रहनुको कारणसहित उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बजेटमा कांग्रेसको टिप्पणी- सुधारको चक्र तोडेर पार्टीमुखी बजेट ल्याइयो

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद प्रकारशशरण महतले जीडिपी नबढ्ने समस्याको समाधान खोज्नुको …

प्रतिकृया दिनुहॊस