जाडोमा यसरी गर्नुहोस् छालाको सुरक्षा

काठमाडौं । जाडो याममा वातावरण निकै नै चिसो हुन्छ । जाडो मौसमको सुरुवात सँगै मानिसहरूमा छालाका विभिन्न समस्याहरू देखा पर्न थाल्छन् । त्यसैले जाडो मौसम छालाका लागि खासै उचित मानिँदैन । जाडो याममा हामीले छालाको विशेष रूपले हेरचाह गर्नुपर्दछ ।

यो मौसममा सुख्खा हावा चल्ने भएकोले छालाको नरमपन हरेक दिन हराउने गर्दछ । यस अवस्थामा छालाको तुरुन्तै हेरचाह गर्नु पर्दछ । चिसोले छालामा हुने कोलाजिनलाई सोस्ने हुँदा मोस्चरको कमिले छालालाई फुस्रो र सुख्खा बनाउँछ । यस कारण निम्न उपायहरू अवलम्बन गरेर हामीले हाम्रो अनुहार एवम् शरीरको छालालाई फुर्तिलो र चम्किलो बनाउन सकिन्छ ।

जाडो मौसममा सबै भन्दा बढी छालालाई असर पर्ने भएकोले छाला सुक्खा भई फुट्ने, एलर्जी हुने, रगत निस्किने जस्ता छालाका विभिन्न समस्याहरू उत्पन्न हुन्छन् । जसले सौन्दर्यमा ह्रास ल्याउनुका साथै अनुहार फुस्रो र अस्वस्थ देखिन्छ ।

चिकित्सकका अनुसार ‘जाडो याममा चिसो हावा र चर्को घाम हानिकारक हुन्छ । यसका लागि शरीर ढाक्ने लुगा लगाउनुपर्छ ।’ निराशपन हटाउन घुमफिर उपयुक्त मानिन्छ । तर, घरबाहिरको प्रदूषण, सिर्र चल्ने चिसो हावा र मध्याह्नको चर्को घामले सौन्दर्यलाई बिगार्छ ।

जाडो मौसममा कस्ता खाने कुराहरू खाने ?

जाडो समयमा भिटामिन ‘सी’ अन्तर्गत पर्ने खाना, फलफूल र तरकारीहरू प्रशस्त मात्रामा खानुपर्दछ । प्रोटिनले छालालाई कोलाजिन प्रदान गर्ने भएकोले प्रोटिनयुक्त पोषण तत्त्व मात्रा मिलाएर खानुपर्दछ । त्यसै गरि छाला चिलाउने र फुस्रो ह’नाले मोस्चराइजर क्रिम ६ घण्टाको फरकमा लगाउनुपर्छ ।

जाडो समयमा पानीमा कागती राखेर खाने गर्नाले छालामा मोस्चर पाउनुको साथै छाला चम्किलो देखिन्छ । बढी भन्दा बढी फलफूल एवम् तरकारी खाने गरेमा शरीरलाई चाहिने जति पानीको मात्रा पुग्दछ ।

जाडो महिनामा लगाउने मोस्चराइजर गर्मी महिनामा लगाइने भन्दा फरक हुनुपर्दछ । हाम्रो छालालाई चम्किलो र मुलायम बनाउन भिटामिन ‘सी’ भएको खाद्य पदार्थहरूको आवश्यकता पर्दछ । तर यी पदार्थ पानीमा घोलिएर, हावामा उडेर, तातोबाट नष्ट हुने भएकोले यिनीहरूको सेवन गर्दा हामीले ध्यान दिनुपर्छ ।

जाडो याममा हप्ताको एउटा केरा र एभोकाडोमा २–३ थोपा नरिवलको तेल राखेर प्याक लगाएमा छाला चिल्लो र चम्किलो देखिन्छ । जाडो समयमा छालाको बाहिरी तह पनि सुख्खा भएर चाउरी आउने, फुस्रो देखिने समस्या भएकोले महिनामा एक पटक सौन्दर्य विशेषज्ञको सल्लाह अनुसार फेसियल गराउनु आवश्यक हुन्छ ।

जाडो मौसममा स्किन हाइट्रटिङ गरिरहनु पर्ने हुँदा गुलाबजल र टोनर धेरै भन्दा धेरै लगाउने । जाडो याममा सबै प्रकारको छालामा कोलोजिनको मात्रा घट्ने र छालामा डिहाइड्रेट हुने भएकोले रातको समयमा मोस्चराइजर क्रिम लगाएर सुत्नु निकै नै लाभदायक हुन्छ ।

किनभने रातको समयमा छिट्टै नै स्किन रिपियर हुन्छ । जाडोमा प्रशस्त पानी पिउँदा छाला चम्किलो हुने गर्दछ । त्यसैले जाडोमा मनतातो पानी प्रशस्त रुपमा पिउन’ पर्दछ ।

छालालाई कसरी हेरचाह गर्ने ?

चिसो मौसममा मनतातो पानीले अनुहार धुने गर्नु पर्दछ । चम्किलो छालाका लागि मोस्चराइजर राति लगाउन पनि उचित मानिन्छ । जसले बिहान अनुहारमा चमक आउँछ । गर्दा साबुनको प्रयोग नगर्दा राम्रो यसले झन् छाला सुक्खा बनाउने गर्दछ । सम्भव भएसम्म नन ड्राइ क्लिनडन फेसवास प्रयोग गर्ने ।

बाहिर निस्कँदा अनुहार ढाक्दा राम्रो हुन्छ । जाडो याममा बाहिरी मात्र नभई खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । जसका लागि स्वस्थ र सन्तुलित खाना खानुपर्छ । त्यस्तै नियमित मौसमी फलफूल र हरियो सागसब्जी प्रयोग गर्नुपर्दछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस