काठमाडौँमा जाडो बढ्यो, हुम्ला, जुम्ला र जोमसोमको तापक्रम माइनसमा

काठमाडौँ । काठमाडौँको न्यूनतम तापक्रम हिजोको भन्दा आज घटेको छ । हिजो न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस रहेकोमा आज १० डिग्रीमा झरेको हो ।

मौसमविद् रोजन लामिछानेका अनुसार नेपालमा अहिले पश्चिमी वायुको प्रभाव परेको छ । यसले गर्दा मौसम बदलीसँगै चिसो हावा चल्न थालेको छ । न्यूनतम र अधिकतम तापक्रम घट्न थालेको छ ।

काठमाडौँ उपत्यकासहित धेरै जिल्लामा दिउँसोको समयमा न्यानो भए पनि हुम्ला, जुम्ला र जोमसोमको न्यूनतम तापक्रम माइनसमा छ । हुम्ला, जुम्ला र जोमसोम क्षेत्रमा विगत केही दिनदेखि चिसो हावा चलिरहेको छ भने हिमपात पनि भइरहेको छ।

आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम बदली हुने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षाको अनुमान गरिएको छ । हिमपातको पनि सम्भावना छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस