द्रुत बस सेवा पुनः सुरु, ३६ बस सञ्चालनमा

काठमाडौँ । काठमाडौँको रत्नपार्क-भक्तपुरको सूर्यविनायक द्रुत बस सेवा फेरि सञ्चालनमा आउँदैछ । आजदेखि थप ११ वटा बस थपेर सेवा सञ्चालनमा आउन लागेको हो ।

यसअघि सञ्चालनमा रहेका २५ वटा र थपिएका गरी अब ३६ वटा द्रुत बस पिक आवरमा चल्नेछन् । आज बिहान साढे ८ बजेदेखि सूर्यविनायकबाट बस चल्नेछ । अहिलेलाई बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म तीन/तीन मिनेटको फरकमा सूर्यविनायकबाट बस छुट्नेछन् ।

दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि बस छुट्ने समयतालिका छ । द्रुत बस सेवाका लागि सडकमा रङरोगन समेत गरिएको छ । ठाउँठाउँमा बोर्ड राखिएका छन् । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन र यात्रुहरूको सहजताका लागि भनेर संविधान दिवसको अवसर पारेर गएको असोज ३ गतेदेखि द्रुत बस सेवाको सुरुवात गरिएको थियो । तर यो सेवा दशैँलगत्तै स्थगित भएको थियो ।

बस सञ्चालन गरे पनि प्रभावकारी हुन नसकेको गुनासो थियो । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले द्रुत बस सेवा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको र यसमा यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी, बस सेवा सञ्चालक र सेवाग्राहीसहित विभिन्न निकायको समन्वय आवश्यक रहेको बताए । यातायात व्यवस्था विभागले द्रुत बस सेवा सञ्चालनमा आफूहरुको भूमिका समन्वयात्मक मात्रै रहेको जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दसैँ र तिहारको बिदामा यात्रुको चाप न्यून भएको तथा द्रुत सेवाका रूपमा सञ्चालनमा ल्याइएका बस बिदामा काठमाडौँ उपत्यकाबाहिर जानुपरेकाले केही समय स्थगित गरिएको सेवा पुनः सञ्चालनमा आएको बताए । बिहान र बेलुकी आवागमनको उच्च समय (पिक आवर)मा द्रुत बस कम भएको गुनासो आएकाले बसको सङ्ख्या थपेर चलाइएको उनको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाँचेनन् आगलागीमा दुई छोरी र श्रीमती गुमाएका सञ्जय

काठमाडौं । ललितपुरको बाफलमा आगलागीमा परी घाइते भएका सञ्जय गिरीको मृत्यु भएको छ । वैशाख …

प्रतिकृया दिनुहॊस

This will auto close after