समुद्रमा खसेको विमानको ‘ब्ल्याक बक्स’ भेटियो

काठमाडाैं । इन्डोनेसियाको समुद्रमा खसेको लायन एयसलाइन्स विमानको ब्ल्याक बक्स भेटिएको छ । यो ब्ल्याक बक्स इन्डोनेसियाको समुद्री तटमा भेटिएको हो । गएको सोमबार उडेको १३ मिनेटपछि सम्पर्कविहीन भएको विमान दुर्घटनाको कारण अहिलेसम्म पत्ता लागेको छैन ।

ब्ल्याक बक्सले विमानको गति, उचाई र दिशाका साथै चालक दलका सदस्यहरुको कुराकानी जस्ता महत्वपूर्ण जानकारी रेकर्ड गर्छ । अब दुर्घटनाको कारण पत्ता लगाउन सहज हुने अधिकारीहरुले विश्वास गरेका छन् । दुर्घटनामा विमानमा सवार सबै १ सय ८९ जनाको ज्यान गएको भनिए पनि धेरैको शव अझै भेटिएको छैन । इन्डोनेसियाका खोज तथा उद्धार टोलीले विमानको मुख्य भाग र त्यहाँ सवार व्यक्तिको खोजी गरिरहेका बीबीसीले जनाएको छ । लायन एयरलाइन्सको बोइङ ७३७ जहाज राजधानी जकार्ताबाड उडान भरेलगत्तै समुन्द्रमा दुर्घटनाग्रस्त भएको थियो । जेटी–६१० फ्लाइट नम्बरको त्यो जहाज जकार्ताबाट पंगकल गैरहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री