माछापुच्छ्रे बैंकका ग्राहकलाई ओममा ७ र नेपाल क्यान्सर हस्पिटलमा १० प्रतिशतसम्म छुट

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहकले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. मा ७ प्रतिशत छुट पाउने भएका छन् । साथै, बैंकका ग्राहकले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका सेवाहरुमा ५ प्रतिशतदेखि १० प्रतिशतको छुट पाउन सक्नेछन् । बुधबार बैंक तथा ओम हस्पिटल र नेपाल क्यान्सर हस्पिटलबीच कम्पनीका ग्राहकलाई उपचार सेवामा विशेष छुट दिने सम्बन्धि बेग्लाबेग्लै सम्झौता भएको थियो ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रवन्ध निर्देशक बाबुकाजी कार्की र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रको तर्फबाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

साे सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले ओम हस्पिटलले उपचार गराउन आउने बैंकका ग्राहकहरूलाई प्याथोलोजी, अल्ट्रासाउन्ड, जेनरल हेल्थ चेकअप, सि. टि. स्क्यान/एक्सरे, म्यामोग्राफि, इ.सि.जि., इको, इन्डोस्कोपी, कोलोनोस्कोपी, डेन्टल उपचार, अपरेसन चार्ज, बेड चार्ज, मेडिकल चार्ज रल्याब एण्ड रेडियोलोजी सेवामा ७ प्रतिशत छुट दिने भएको छ ।

अर्काे सम्झौता अनुसार नेपाल क्यान्सर अस्पतालले क्यान्सर सम्बन्धी उपचार गराउन आउने बैंकका ग्राहकहरूलाई रेडियोलोजी, ल्याबोरेट्री, बेड चार्ज र अस्पतालमा उपलब्ध क्यान्सर स्क्रिनिङ्ग प्याकेजमा १० प्रतिशत छुट दिने भएको छ । साथै, अस्पतालको रेडिएसन् थेरापी र ब्राकिथेरापी सेवामा पनि ग्राहकहरूले ५ प्रतिशत छुट पाउने बैंककाे जारी विज्ञप्तिमा उल्लेख छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पूर्वाञ्चाल विश्वविद्यालयले गर्‍यो १३ कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर

धुलिखेल । विश्वविद्यालयबाट उत्पादित मानवश्रोत व्यवस्थापन, अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न १३ कम्पनीसंग …

प्रतिकृया दिनुहॊस