एफडी ब्राण्डका इलेक्ट्रिक स्कुटर किन्न नबिल बैंकले सरल कर्जा दिने

काठमाडौँ । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्राली (एफडी मोर्टर्स) र नबिल बैंकबीच एफडी मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत कर्जा सुबिधा दिने सहमति भएको छ।

सहमति अन्तर्गत ग्राहकले एफडी मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर के्रडिट कार्ड मार्फत किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरू खरीद गर्न सक्नेछन्।

एफडी मोर्टर्सले हाल दुई ओटा मोडेलको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ। जसमा एफ फाइबको मूल्य रु. २ लाल ६१ हजार ९९९ र एफ फाइब ए को मूल्य रु. २ लाख ९७ हजार ९९९ रहेको छ।

छिटै ग्रन्थ ई भी ले एफ फाइब प्रो र एफ फाइब ए प्रो बिक्रिको लागि ल्याउन लागेको कम्पनीले जनाएको छ।

एफडी मोर्टर्स नेपालको स्कुटरमा प्रयोग भएको ५ विषेश विषेशताका कारण र सो विषेशताका बाबजुत पनी यसको मूल्य उत्कृष्ट भएर बजारमा सफल भइ रहेको कम्पनीको दाबी छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्राइम कमर्सियल बैंकले गर्‍यो रक्तदान कार्यक्रम

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरीलगायत प्रादेशिक कार्यालयमा आयोजना …

प्रतिकृया दिनुहॊस