डिशहोमको दसैं अफर मंसिर ३ गतेसम्म थप

काठमाडौँ । दशैंको अवसर पारेर डिशहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा लिन पाउने समय थप भएको छ। अब डिशहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा लिन पाउने अफर मंसिर ३ गतेसम्म कायम हुनेछ।

अफरअन्तर्गत नयाँ ग्राहकहरूले ५० एमबिपिएसदेखि तीन सय एमबिपिएससम्मका प्याकेजहरू जडान गर्न सक्नेछन्। जसमा ग्राहकले ५० एमबिपिएसदेखि २ सय ५० एमबिपिएससम्म फाइभ–जी राउटर पाउनेछन् भने तीन सय एमबिपिएसको प्याकेज लिने ग्राहकले वाइफाइ–६ राउटर पाउने छन्।

उक्त अफरको ग्राहकहरूबाट अत्याधिक प्रतिक्रिया आएको हुनाले कम्पनीले १ वर्षको नयाँ कनेक्सन वा रिचार्ज गर्दा १२ महिना बोनस पाउने डिशहोम फाइबरनेटको ‘फेस्टिभ १२ महिने प्याकेज’ अफरलाई छठ पर्वको दिनसम्मका लागि थप गरेको जनाएको छ। थप जानकारीको लागि डिएच फाइबरनेट डिलर वा ०१–५९७०३६५ मा सिधै फोन गर्न सकिने डिशहोम फाइबर नेटले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने, कहाँ-कहाँ पाइन्छ ?

काठमाडौं । यसवर्षको दसैँका लागि आजदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैँकका अनुसार यसवर्षको दसैँका लागि आजदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको हो ।

प्रतिकृया दिनुहॊस