स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांश दिने

काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।गत वर्ष  कम्पनीले १६.५१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। गत वर्षको अनुपातमा कम्पनीले लाभांश दर बढाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री