एकैदिन १८०० रुपैयाँले बढेर सुनको मूल्यले तोड्यो रेकर्ड

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्ममै उच्च बिन्दुमा पुगेको छ । सुनको मूल्य तोलामै १८०० रुपैयाँले बढेर हालसम्ममै उच्च बिन्दुमा पुगेको हो ।

शुक्रबार सुनको मूल्य प्रतितोलामा १ लाख १५ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य १ लाख १३ हजार ७०० पुगेको थियो । यसअघि गत साउन ४ गते सुन तोलाको १ लाख १३ हजार ६०० रुपैयाँसम्म पुगेको थियो ।

तेजाबी सुनको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार भने चाँदीको प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने, कहाँ-कहाँ पाइन्छ ?

काठमाडौं । यसवर्षको दसैँका लागि आजदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैँकका अनुसार यसवर्षको दसैँका लागि आजदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको हो ।

प्रतिकृया दिनुहॊस