उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार, आइसीयुबाट जनरल वार्डमा सारियो

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ । चीन भ्रमणमा रहेका बेला बेइजिङमा हृदयाघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत मन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार आएको हो ।

स्वास्थ्यमा सुधार भएसँगै उनलाई शुक्रबार बिहान आइसियूबाट जनरल वार्डमा सारिएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिवमा रमेश मल्लले उल्लेख गरेका छन् । ‘बेइजिंग भ्रमणको क्रममा हृदयाघात भई पेकिंग युनियन अस्पतालमा उपचाररत माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा राम्रो सुधार भई आज बिहान आईसियूबाट जनरल वार्डमा सिफ्ट हुनु भएको छ । उहाँको सिघ्रस्वास्थ्यलाभको कामना गर्दछु,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार राति १ बजे हृदयाघात भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पूर्वराजा ज्ञानेन्द्रद्वारा बाढी पहिरोको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । विज्ञप्तिमार्फत …

प्रतिकृया दिनुहॊस