नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा ११ वटा यातायात व्यवस्था कार्यालयहरूमा डिजिटल कारोबार गर्ने सुविधा

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्युआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ ।

यो सुविधाले गर्दा यातायात व्यवस्था कार्यालयमा हुने नगद कारोबारमा कमि भइ सेवा ग्राहिहरुलाई लामो समय लाइनमा बसेर नगद (खुद्रा) तिर्नुपर्ने झन्झटको अन्त्य भएको बैंकको भनाइ छ । क्युआर कोड प्रणालीबाट राजश्व संकलन गर्दा समयको बचत र पारदर्शी कारोबार हुनुका साथै नगद रहित कारोबारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ ।

हाल यो सुविधा यातायात व्यवस्था कार्यालयहरू बिर्तामोड, जनकपुर, नेपालगन्ज, सुर्खेत, इटहरी, हेटौँडा, सल्लाघारी, ठुलो भ¥याङ, सानो भ¥याङ, नारायणगढ, महेन्द्रनगर बाट सुचारु गरिएको बैंकका सूचना अधिकारी बिजेन्द्र सुवालले जानकारी दिए । बैंकले २६० शाखा, २५७ एटीएम, ६३ एक्सटेन्सन काउन्टरहरू र १०७ शाखारहित बैंकिङ्क काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा दिइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको टाइटल स्पोन्सर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को टाइटल स्पोन्सरको रूपमा सिद्धार्थ बैंक …

प्रतिकृया दिनुहॊस