काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को मत परिणामबारे विद्युतीय भोटिङ मेसिन ‘भेरो भोटिङ’ निर्माणकर्तासँग वास्तविकता बुझिने भएको छ । निर्वाचन समितिले शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै भेरो भोटिङ निर्माणकर्तासँग वास्तविक बुझेर सत्यतथ्य सार्वजनिक गरिने बताएका हो ।
एकजना उम्मेदवारको नेपालबाट प्राप्त मत शून्य देखिएपछि निर्वाचन कमिटीले सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु गरेको छ । अनलाइन भोटिङ गराउने जिम्मा पाएको अष्ट्रेलियाको भेरो भोटिङ कम्पनीसँग त्यसबारे सत्य तथ्य बुझ्ने काम भइरहेको प्रमुख निर्वाचन अधिकृत यादवप्रसाद ढुंगानाले बताए । ‘शून्य मत आएको विषयमा भेरो भोटिङ कम्पनीलाई अनलाइनमार्फत पत्राचार गरेका छौं । त्यसबाट वास्तविक जानकारी लिई सत्यतथ्य व्यहोरा सार्वजनिक गर्छौं’ उनले भने ।
कम्पनीले इमेलबाट पठाएको विवरण प्राप्त हुनासाथ पाँच सदस्यीय निर्वाचन कमिटीले नतिजा सार्वजनिक गरेको थियो । निर्वाचन कमिटीले सार्वजनिक गरेको मत परिणाममा डा. बद्री केसी विजयी भएको घोषणा गरिएको थियो । उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट प्राप्त मत भने शून्य देखिएपछि निर्वाचनको विश्वसनीयतामा प्रश्न उठेको हो ।
अध्यक्षका उम्मेदवार लगायतले निर्वाचनमा धाँधली भएको भन्दै रद्द गर्न माग गरेका छन् । उपाध्यक्षका उम्मेदवार डा. पौडेलले काठमाडौंको होटल सोल्टीमै एक भेला गरी एनआरएनएमा फ्रड र माफियातन्त्र हाबी भएको आरोप लगाए । अभियन्ताहरूले सिन्डिकेट गरेको गुनासो पनि उनले गरे । ‘यो नतिजा कदापि मान्य हुँदैन,’ उनले भने ।
मतदातालाई सम्बोधन गर्दै प्रतिस्पर्धी श्रेष्ठले भने, ‘यो निर्वाचन रद्द हुनुपर्छ, त्यति मात्र हैन यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्छ ।’ निर्वाचित भनिएको नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने श्रेष्ठको माग छ ।
अर्का प्रत्यासी आरके शर्माले अब गैरआवासीय नेपाली संघ शून्यमा गएको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्ने बताए । अनलाइन भोटिङ सिस्टम ह्याक गरी मत परिणाम उल्ट्याइएको उनको भनाई छ ।
प्रतिकृया दिनुहॊस