‘बिच्छेद’को टिजर र पोष्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘बिच्छेद’को टिजर र पोष्टर सार्वजनिक भएको छ । अगामी मंसिर ८ बाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको टिजरमा एक दम्पतीको सम्बन्ध र बाध्यताका देखाउन खोजिएको छ । सत्यराज चौलागाईंको निर्देशन रहेको चलचित्र नेपाल रिलिजसँगै अन्य विभिन्न मुलुकमा समेत एकसाथ प्रदर्शनको तयारीमा छ । चलचित्रका निर्माता राजकुमार पण्डित, दिमेश श्रेष्ठ सुवास राई र सावित्री बज्राचार्य हुनुहन्छ ।

फिल्मको कथा अभिनेता मुकुन भुसालको रहेको छ भने पट्कथा निर्देशक चौलागाईंले नै लेखेका हुन् । रामेछापमा छायांकन गरिएको चलचित्रमा मुकुन भुसाल र लक्ष्मी बर्देवा, सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जीवन थापा, जयराम सापकोटा लगायतका कलाकारको अभिनय छ । मुकुन र लक्ष्मी यसअघि जोडीको रूपमा ‘बुलबुल’मा एकसाथ देखिनुभएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस