काठमाडौं । यति एयरलाइन्स कम्पनी लिमिटेडको सीइओमा सुवास सापकोटा नियुक्त भएका छन् । यति एयरलाइन्स सीइओ पदमा नियुक्र लिएका सापकोटाले सोमबारदेखि कार्यभार सम्हालेका हुन् ।
यति एयरलाइन्स लगानीको नयाँ संरचनामा जाने भएपछि नयाँ सीइओ ल्याएको हो । सापकोटा यसअघि इ-सेवामा सिइओ थिए । नेपालको हवाई क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको यतीले प्रमोटर सेयरधनी नै नयाँ भित्र्याएर पब्लिक कम्पनी बन्ने तयारी गरेको छ ।
शेर्पा घरानाको मात्रै लगानी रहेको यतीले अब ४९ प्रतिशत सेयर बिक्री गर्ने तयारीमा छ । यति एयसलाइन्सले एक वर्ष भित्रै आवश्यक प्रक्रिया पुर्याएर सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । यति एयरलाइन्सले आइपिओमा जाने गरी नयाँ साझेदार भित्र्याएको हो ।
अब आवश्यक प्रक्रिया पूरा गरेर एक वर्षभित्रै यति एयरलाइन्सले सर्वसाधारणको लागि आइपिओ जारी गर्ने भएको छ । आन्तरिक वायुसेवा दिइरहेको कम्पनी २५ वर्षपछि पब्लिक कम्पनीमा रुपान्तरण भएको हो ।
प्रतिकृया दिनुहॊस