अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

बीबीसी । पश्चिमी अफगानिस्तानमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । पाँच दिनअघि पनि त्यहाँ ठूलो भूकम्प जाँदा धनजनको क्षति भएको थियो ।

स्थानीय समयानुसार बिहान ५ः१० मिनेटमा फेरि पनि ६.३ म्याग्निट्यूडकै भूकम्प गएको विवरणमा जनाइएको छ । हेरात सहरदेखि २८ किलोमिटर उत्तरमा भूकम्पले केन्द्रबिन्दु बनाएको बताइएको छ । यसअघि १,००० जनाभन्दा बढीको ज्यान जाने गरी शनिवार ६.३ म्याग्निट्यूडको भूकम्प गएको थियो । अहिलेको भूकम्पले पुर्‍याएको क्षतिका विवरण आउन बाँकी छ ।

तर शनिवारको भूकम्पपछि घर गुमाएका मानिसहरू खुला आकाशमुनि सुतिरहेका बेला अर्को भूकम्प गएको हो । भूकम्पपीडितलाई उपलब्ध गराउनका लागि कम्बल, खानेकुरा र अरू सामग्री अभाव देखिएको छ । शनिवारको भूकम्पले हेरात सहरदेखि ४० किलोमिटर परका कैयौँ गाउँहरू ध्वस्त पारेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार यादवले मोटरसाइकल दुर्घटनामा गुमाए ज्यान

काठमाडौं । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस