सुन्ने मान्छे नभएपछि माधव र झलनाथले तुलसीपुरमा भाषण गरेनन्

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

दाङ । सुन्ने मान्छे नभएपछि दाङको तुलसीपुरमा पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालले भाषण नगरेर फर्किएका छन् । मेची–महाकाली नेकपा एकीकृत समाजवादी जागरण अभियान अन्तर्गत तुलसीपुरको मदनआश्रीत चोकमा मंगलबार कार्यक्रमको आयोजना गरिएको थियो ।

पार्टीका कार्यकर्ता, स्वयमसेवक, सुरक्षाकर्मी, र स्वयम नेताहरु सहित झण्डै १ सय ५० जनाको हाराहारीमा मान्छेहरु जम्मा भएपछि पार्टीका अध्यक्ष नेपाल र वरिष्ठ नेता खनालले भाषण नगरेर बाँकेको कोहलपुर तर्फ लागेका हुन् । कार्यक्रमलाई नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र दाङ सह इन्चार्ज अनारकली मियाले सम्बोधन गर्नुभएको थियो ।

गाडीमा चार वटा माइक अगाडी पछाडी तुलसीपुरमा क्षेत्रमा दिनभर व्यापक प्रचार गरेपनि कार्यकर्ताहरुको नगन्य मात्रामा भएको उपस्थितिले नेताहरु निराश भएका छन् ।

‘घर तर्फ जाँदै थिए यसो हेरेको माधव नेपाल र झलनाथ खनाललाई देखेर भाषण सुन्न बसे । उनिहरु त जुरुक्क उठेर भाषण नगरेर हिडे । मान्छे नभएर भाषण नगरेको बुझीयो । तर अरु नेता नबोलेर माधव नेपाल मात्रै ५ मिनेट बोलेको भए पनि हुने थियो । आधाघन्टाको समय बेकार खेर गयो । यसले राम्रो सन्देश गएन ।’ नेपाली काँग्रेस निकट शिक्षक एकराज केसीले भन्नुभयो ।

यता नेकपा एकीकृत समाजवादीका दाङ जिल्ला सह इन्चार्ज अनारकली मियाले भाषण सुनाउने मान्छे नभएको र नेपालगञ्ज जान ढिला भएकाले पनि दुबै जना नेताले भाषण नगरेको बताउनुभयो ।

‘केलाई सुनाउन भाषण गर्ने हो र ? घोराहीमा पनि कार्यक्रम थियो । मान्छे सबै उतै रहे । यहाँ कस्लाई सुनाउने हो । फेरि कमरेडहरुलाई नेपालगञ्ज जान पनि हतार थियो ।’ सह–इन्चार्ज मियाले भन्नुभयो ।

पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, एकीकृत समाजवादीका नेता भागवत विश्वासी, दाङका नेकपा एसका अध्यक्ष सुरामणी वेलवासे लगायतका एसमाजवादीका सयौं नेता तथा कार्यक्रता एमालेमा समाहित भएपछि त्यसको प्रभाव पार्टीमा देखिएको हो । –राजधानी दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारसँग कांग्रेसको माग- रवि लामिछानेलाई तत्काल पक्राउ गरियोस्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध तत्काल पक्राउ पुर्जी जारी …

प्रतिकृया दिनुहॊस