रास्वपा चितवन पूर्व जिल्ला सभापति आम जनता पार्टी प्रवेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रभावशाली नेता आम जनता पार्टीमा प्रवेश गरेका छन् । चितवन जिल्लाका रास्वपाका पूर्व सभापति धर्मेन्द्र सापकोटा आज आम जनता पार्टीमा प्रवेश गरेका हुन् ।

आजपाका अध्यक्ष प्रभु साहले उनलाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरेको सो पार्टीका कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए । उनका अनुसार चितवन जिल्ला भरतपुर निवासी सापकोटा विगत १५ वर्षदेखि विभिन्न टेलिभिजनमा प्रमुख कार्यकारी भएर काम गर्दै आएका एक बौद्धिक व्यक्तित्वको रूपमा परिचित रहेका छन् ।

विद्यमान पुरानो पार्टीहरू देश बरबाद गर्न लागि परेकोले देश बचाउन आम जनता पार्टीको आवश्यकता महसुस गरेर यो पार्टीमा प्रवेश गरेको उनले प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस