‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै!’ अफरका ९ जना विजेता घोषित

काठमाडाैं । ‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै!’ दसैँ कन्सूमर प्रमोसन योजनाका ९ जना भाग्यशाली विजेताहरूले ९ वटा टीभीएस १२५ सीसी स्कूटर जितेका छन्।

सो विजेताहरूलाई असोज २ देखि असोज १५ सम्मको प्रवर्द्धनात्मक अवधिमा सामसङ स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने सहभागीहरूको समूहबाट छनोट गरिएको हो।

हरेक वर्ष जस्तै यो वर्ष पनि सामसङले आफ्ना ग्राहकहरूले सामसङप्रति देखाएको माया र उत्साहलाई प्रशंसा गर्दै यो दसैँ कन्सूमर प्रमोसन योजना प्रारम्भ गरिएको जनाएको छ।

यसको सुरुवात भएदेखि नै यसले निकै लोकप्रियता प्राप्त गरेकोमा सामसङ नेपालले खुसीयाली जनाएकोे छ। कम्पनीका अनुसार अहिलेसम्म, ९ जना विजेताहरूले नौवटा टिभीएस १२५ सीसी स्कूटर घर लगि आफ्नो जीवनमा आनन्द र उत्साह ल्याएका छन्।हालसम्म असोज ५ र असोज ७ का दुई विजेताले आफ्नो स्कूटर दाबी गरिसकेका छन्। सो विजेताहरू ताम्राकार कम्प्लेक्सको स्मार्ट जोन मोबाइल एण्ड एसेसरिजबाट सामसङ ग्यालेक्सी एम १४ छन् खरिद गरेकी ललितपुरको कुमारीपाटीकी लीला गमाल र भक्तपुरको स्मार्ट टेक जोन इन्टरप्राइजेजबाट सामसङ ग्यालेक्सी ए२४ खरिद गरेकी भक्तपुरकी जेनी भलान्द्यो रहेका छन्।

जेनी भन्छिन्, ‘म भाग्यशाली विजेता हुनेछु भनेर मैले सोचेकी पनि थिइनँ। नयाँ १२५ सीसी टीभीएस स्कुटर पाउँदा म एकदमै खुसी छु। वास्तवमा म यो दशैं बेला स्कूटर किन्ने योजनामै थिएँ र अब यस्तो लाग्छ कि भगवानले साँच्चै मेरो इच्छा सुन्नुभयो। म अझै पनि विश्वास गर्न सक्दिन कि मैले सामसङ ग्यालेक्सी ए२४ किनेर स्कूटर जितेको छु। यो अतुलनीय उपहारको लागि म सामसङ नेपालप्रति हार्दिक आभारी छु।’

लीला भन्छिन्, ‘म यो उपहारको लागि सामसङ नेपाललाई हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छु र अरूलाई पनि स्कूटर जित्ने मौकाको लागि सामसङ स्मार्टफोन किन्न प्रोत्साहित गर्न चाहन्छु। आजसम्म कहिल्यै म यति भाग्यमानी भएको थिइन।’

तर उत्साह यहाँ समाप्त हुँदैन! कम्पनीका अनुसार अझै पनि १३ वटा स्कूटर जित्न बाँकी नै छ। कुनै पनि सामसङ स्मार्टफोन वा सामसङ ट्याब्लेट खरिद गरी ती स्कूटर जित्ने भाग्यशाली विजेता बन्न सकिनेछ। केवल १३ वटा स्कूटरहरू बाँकी छन् तर अवसर अझ बढी आकर्षक छ।

यो दशैं कन्सूमर प्रमोसन योजना सुरु भएदेखि नै सामसङले आफ्ना ग्राहकहरूको अतुलनीय प्रतिक्रिया देखेको छ। बम्पर पुरस्कारले सामसङको पहिले देखि नै भएका ग्राहकहरूका लागि ठूलो प्रोत्साहन मात्र नभई, नयाँ ग्राहकहरूको लागि सामसङका उपकरणहरूद्वारा प्रदान गरिएका नवीन सुविधाहरू र अत्याधुनिक प्रविधिहरूको अनुभव गर्ने मौका पनि रहेको छ।

‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै!’ दशैं उपभोक्ता प्रवर्द्धन योजनामा सहभागी हुनको लागि गर्नु पर्ने कुरा यति मात्र होः

१. कुनै पनि आधिकारिक सामसङ रिटेलरबाट सामसङ स्मार्टफोन वा सामसङ ट्याब खरिद गर्ने।

२. खरिद गरेको नयाँ डिभाइसको सिरियल नम्बर प्राप्त गर्न *#06# मा डायल गर्ने।

३. SAMSUNG<space>सिरियल नम्बर टाइप गरी ३१००१ मा SMS पठाउने। उदाहरणका लागि, यदि तपाईको सिरियल नम्बर १२३४५६७ हो भने, तपाईले SMS गर्नुपर्ने कोडः SAMSUNG १२३४५६७

४. तुरुन्त पुष्टीकरण प्राप्त हुनेछ र परिणामको लागि पर्खनुपर्नेछ। बिजेताका सिरियल नम्बरहरू इमेज च्यानलमा लाइभ लक्की ड्र मार्फत घोषणा गरिनेछ र अर्को दिन सामसङको आधिकारिक फेसबुक पेजमा पनि पोस्ट गरिनेछ।

यो दशैं कन्सूमर प्रमोसन योजना अझै पनि कार्तिक ३, २०८० सम्म मान्य छ। आझै सामसङ स्मार्टफोन वा सामसङ ट्याब खरिद गरी यो रोमाञ्चक प्रवर्धनमा भाग लिन सकिनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडौं । यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने …

प्रतिकृया दिनुहॊस