[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नाममा दर्ता भएको गैरबैंकिङ सम्पत्ति (घरजग्गा) बिक्री गर्न फेरी सार्वजनिक आह्वान गरेको छ । बैंकले देशका १८ ठाउँमा रहेको ३१ कित्ता घरजग्गा लिलाम बिक्री गर्न ७ दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।
बैंकले मोरङको बेलवारी, ताप्लेजुङ, वीरगञ्ज, कालिकोट, नवलपुर वर्दघाट, सुनसरी, बारा, बाँके, नवलपरासी, कास्की लेखनाथ, ललितपुर लगायत ठाउँमा आफ्नो नाममा दर्ता कायम रहेको सम्पत्ती बिक्री गर्दैछ ।
बोलपत्र सम्बन्धी शर्तबन्देजसहितको बोलपत्र फारम बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग त्रिपुरेश्वर (राधाभवन) बाट एक हजार रुपैयाँ तिरेर प्राप्त गर्न सकिने बताइएको छ ।
यसअघि पनि एनआइसी एशिया बैंकले पटक पटक आफ्नो नाममा दर्ता कायम रहेको जग्गा बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरिसकेको छ । पछिल्लो समय मन्दीका कारण ऋणीले समयमा ऋण चुक्ता गर्न नसकेपछि बैंकले धमाधम धितो लिलाम गर्दै आएका छन् ।



