jagga/अबदेखि काठमाडौंमा पनि घरजग्गा धितोमा ५० प्रतिशत कर्जा पाइने

अबदेखि काठमाडौंमा पनि घरजग्गा धितोमा ५० प्रतिशत कर्जा पाइने

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । अबदेखि काठमाडौं उपत्यकामा पनि घरजग्गा धितो राखेर अधिकतम ५० प्रतिशत कर्जा (ऋण) लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशिका २०७९ मा संशोधन गर्दै घरजग्गा धितोमा मूल्यको ५० प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको हो ।

गत वर्ष वित्तीय प्रणालीमा तरलता अभाव भएपछि काठमाडौं उपत्यकामा ३० प्रतिशत र उपत्यकाबाहिर ४० प्रतिशत मात्रै कर्जा लिन पाउने व्यवस्था गरिएको थियो । संशोधित निर्देशिकामार्फत अब उपत्यका र उपत्यका बाहिर लोन टु भ्यालु रेसियो समान ५० प्रतिशत कायम गरिएको छ । व्यक्तिगत आवासीय घरकर्जामा भने यसअघि नै बढीमा ६० प्रतिशतसम्म ऋण लिन पाइने व्यवस्था छ ।

संशोधित निर्देशिकामा भनिएको छ, ‘घरजग्गा धितो राखी यस्तो नयाँ कर्जा प्रवाह गर्दा, कर्जा थप वा कर्जा नवीकरण गर्दा कर्जा र सोको धितो सुरक्षण फेयर मार्केट भ्यालुबीचको अनुपात (लोन टु भ्यालु रेसियो) बढीमा ५० प्रतिशतसम्म मात्र काय हुनेछ ।’

राष्ट्र बैंकले रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको अनुपात (लोन टु भ्यालु रेसियो) देशैभर ५० प्रतिशतसम्म कायम गरेको छ । यसअघि काठमाडौं उपत्यकाभित्र बढीमा ४० प्रतिशतसम्म र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशतसम्म मात्र कायम थियो ।

यस्तै, नियमाअनुसार दर्ता भइ सञ्चालनमा रहेका स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनी तथा परियोजनाहरुलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गरिएको छ । यसअघि परियोजनाहरुले यस्तो सुविधा पाउने व्यवस्था थिएन ।

राष्ट्र बैंकको यो व्यवस्थाले रियल इस्टेटे व्यवसायी पनि उत्साहित बनेका छन् । अब सुस्ताएको घरजग्गा कारोबारले गति लिने अपेक्षा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवा विकास बैंकको वित्तीय साक्षरतामुलक प्रभातफेरी

काठमाडौं । कामना सेवा विकास बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्तर्गत सोमवार …

प्रतिकृया दिनुहॊस