[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]
काठमाडाैँ । नेपाल क्रिकेट संघ (क्यान) र आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे) बीच सम्झौता भएको छ। सम्झौताअनुसार आईएमई डिजिटल सोलुसन लिमिटेड अबको २ वर्षको लागि नेपाल क्रिकेट संघले देशभित्र आयोजना गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलहरूको टिकेटिङ्ग पार्टनरका रूपमा रहने छ ।
सम्झौता लागू भएसँगै आउँदो २ वर्षको समय अवधिमा क्यानले नेपालमा आयोजना गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय खेलहरूको फिजिकल र अनलाइन टिकेटको विक्रीको जिम्मेवारी पनि आईएमई पेले पाएको छ। राजधानी काठमाडौंमा बिहीवार सम्पन्न एक समारोहका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता पत्रमा क्यानको तर्फबाट सचिव पारस खड्का र आईएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले हस्ताक्षर गरेका छन् । नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा पाएको सफलता र ख्यातिलाई संस्थागत गर्दै सिङ्गो नेपाली क्रिकेटको विकास र विस्तारका लागि सम्पूर्ण क्षेत्रको संयुक्त पहलको आवश्यकता रहेको छ। सोही आवश्यकता महसुस गरी यो समझदारी भएको हो ।
यसै गरी आईएमई ग्रुपले क्रिकेटर करन केसी र सोमपाल कामीलाई ब्रान्ड एम्बेस्डरको रूपमा नियुक्त गरेको छ । आईएमईले खेलाडीको मनोबल बढाउन प्रतिबद्ध रहेको भन्दै नयाँ ब्राण्ड एम्बेसडरहरू मार्फत आईएमई ग्रुपको साख बढाउन सहयोग पुग्ने कम्पनीले विश्वास लिइएको छ ।




